अदालतको फैसला कुर्दै ५३ जना शिक्षक

 पुस १९, २०७५ बिहिबार १६:३७:१ | उज्यालो सहकर्मी

काठमाडौं – शिक्षक सेवा आयोगले लिएको माध्यमिक तहको अस्थायी शिक्षकको लिखित परीक्षामा सहभागी भएका ५३ जना शिक्षक अहिले अदालतको फैसला पर्खिरहेका छन् ।

गएको असारमा लिखित परीक्षा दिएपछि आयोगले तल्लो तहमा स्थायी रहेको भन्दै उनीहरुको परीक्षा रद्ध गरेको थियो । तर आवेदन दिएको समयमा आफुहरु अस्थायी पदमै कार्यरत रहेकोले परीक्षा रद्ध गर्न नहुने जिकिर गर्दै सर्बोच्च अदालत पुगेका शिक्षकहरु मुद्धा फैसलाको पर्खाइमा रहेका हुन् ।

शिक्षक सेवा आयोगले सर्बोच्च अदालतमा बुझाएको लिखित जवाफमा शिक्षा ऐन संसोधनसहितको व्यवस्था अनुसार अस्थायी शिक्षकका लागि मात्र लिइएको परीक्षामा स्थायी भइसकेकालाई सहभागी गराउन नमिल्ने र सहभागी भइसकेकाहरुको उजुरीको आधारमा परीक्षा रद्ध गरिएको उल्लेख छ ।

आयोगले लिखित परीक्षाको नतिजा प्रकाशन गरेर अन्तरवार्ता समेत लिन थालेको अवस्थामा सर्वोच्चमा मुद्धाको पेशी समेत नतोकिएकोले आफूहरु अन्योलमा परेको परीक्षा रद्ध गरिएका शिक्षकहरुले बताएका छन् । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया