आईएमई ‘दसैँमा २० लाख’ योजना: धिरेन्द्र कुमार झागडले जिते बीस लाख रुपैयाँ

 पुस १९, २०७५ बिहिबार २०:२३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – आईएमईले दसैँ,तिहार र छठका अवसरमा ल्याएको ‘दशैंमा बीस लाख’ योजनाको बीसलाख रुपैयाँ धिरेन्द्र कुमार झागडले जितेका छन् ।

मलेसियाबाट नेपालमा आईएमई गरेका झागड  ‘लक्की ड्र’ बाट विजेता घोषित भएका हुन् । 

आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा आईएमई केन्द्रीय कार्यालय पानीपोखरीमा बिहीबार भाग्यशाली विजेता छनोट गरिएको थियो । कार्यक्रममा आईएमईका ब्राण्ड एम्बासडरद्वय दिपकराज गिरि र दीपाश्री निरौला पनि उपस्थित थिए ।

आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले ‘दसैँमा बीस लाख’ योजना अवधिमा लक्ष्य अनुरुपको व्यापार अभिवृद्धि भएको बताउनुभयो ।

असोज ७ गतेदेखि मंसिर मसान्तसम्म चलेको योजनामा दैनिक लक्की ड्र मा ८ सय ४०, साप्ताहिक ‘लक्की ड्र’ मा १२, मासिक ‘लक्की ड्र’ मा ३ र बम्पर ‘लक्कीड्र’ मा १ गरि कुल ८ सय ५६ जना सेवाग्राही पुरस्कृत भएको कम्पनीले जनाएको छ ।

 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया