नेपालगञ्जमा छात्रा कलेज स्थापनाको तयारी

 पुस २०, २०७५ शुक्रबार १८:२३:३१ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – मधेशी तथा मुस्लिम किशोरीलाई उच्च शिक्षा दिने लक्ष्यसहित नेपालगञ्जमा छात्रा स्कुल तथा कलेज सञ्चालनको तयारी गरिएको छ ।

अहिलेको मङ्गलप्रसाद माविलाई छात्रा कलेज स्थापनाका लागि ८ करोड रुपैयाँ बजेट छुट्टाइएको नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डाक्टर धवलशमशेर राणाले जानकारी दिनुभयो ।

यसैगरी वडा नम्बर ४ मा छात्रा स्कुल सञ्चालन गर्न लागिएको मेयर डा. राणाले जानकारी दिनुभयो । नेपालगञ्जमा छात्राहरु मात्रै अध्ययनका लागि अहिले सरस्वती मावि सञ्चालन रहेको छ ।

छात्रा कलेजमा मुस्लिम र मधेसी समुदायका छात्राहरु मात्रै नभई अन्य समुदायका छात्राहरु समेत अध्ययन गर्नेछन् । महिलाहरु मात्रै अध्ययन गर्ने कलेज नहुँदा मुस्लिम बालिकाहरुले बीचमै पढाई छोड्ने गरेका छन् ।

छात्रा स्कुल आउँदो वैशाखदेखि सञ्चालनको तयारीमा रहेको छ । कलेज सञ्चालनका लागि महेन्द्र माविसँग जग्गा माग गरिएको छ । छात्रा कलेज अत्याधुनिक खालको हुने छ ।

मधेसी र मुस्लिम समुदायका बालबालिकाहरु सबैलाई उच्च शिक्षाको लागि सहज गर्न छुट्टै छात्रा कलेज सञ्चालन गर्न लागिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिनुभयो । 
    
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया