२७ औं त्रिवेणी कप आयोजकको पोल्टामा, सुन्दरबजारले उपविजेतामा चित्त बुझायो

 पुस २०, २०७५ शुक्रबार २०:२४:२६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको बेसीशहरमा रहेकाे सहजी खेलमैदानमा सञ्चालित २७ औं त्रिवेणी कपको प्रथम उपाधि आयोजक त्रिवेणी युवा क्लबले हात पारेको छ ।

शुक्रबार सुन्दरबजार युवा क्लब, सुन्दरबजार र आयोजक त्रिवेणी युवा क्लब बेसीशहरबीच भएको फाइनल खेलमा ० का विरुद्ध १ गोल गर्दै आयोजक त्रिवेणी युवा क्लब, बेसीशहरले त्रिवेणी कपको प्रथम उपाधि हात पार्न सफल भएको हो ।

त्रिवेणी युवा क्लबबाट खेलेका विदेशी खेलाडी मेन्साले फाइनल खेलको २५ औँ मिनेटमा गोल गरेका थिए । उनको गोल नै निर्णायक गोल बन्न पुग्यो । यससँगै आयोजक त्रिवेणी युवा क्लबले प्रतियोगिताको प्रथम उपाधि हात पार्न सफल भयो । 

विपक्षी टिम सुन्दरबजार युवा क्लबले खेल अवधिभर गोल फर्काउन सकेन । उसले प्रतियोगिताको उपविजेतामै चित्त बुझायो ।

प्रतियोगिताको प्रथम उपाधि हात पारेसँगै त्रिवेणी युवा क्लबले नगद ३ लाख, त्रिवेणी कप, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता बनेको सुन्दरबजार युवा क्लबले  नगद १ लाख ५० हजार, मेडल र प्रमाणपत्र हात पारेको छ ।

यस्तै सेमिफाइनल खेलका दुई उपविजेता फुटबल समूह बुद्ध युथ क्लब, भोटेओडार र आर.एस. एन्फा कास्कीलाई पनि नगद ५०-५० हजार रुपैयाँ र प्रमाणपत्र पुरस्कार स्वरुप प्रदान गरिएको छ ।


 

अन्तिम अपडेट: फागुन २९, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया