यात्रु अभावमा फाप्लु–विराटनगर उडान तालिका रद्द

 पुस २१, २०७५ शनिबार ९:०:३९ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – नेपाल वायुसेवा निगमको फाप्लु–विराटनगर उडान तालिका रद्द गरिएको छ । 

सोलुखुम्बुकोे फाप्लुदेखि विराटनगर जाने यात्रु अभाव भएकाले तालिका रद्द गरिएको हो । कात्तिक ९ गते देखि समय तालिका निकालेर उडान गर्ने निर्णय गरेको नेपाल वायुसेव निगमले यात्रु अभावमा तालिका रद्द गरेको नेपाल एयरलाइन्स फाप्लुका इञ्चार्ज गणेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

वायुसेवा निगमले यही पुस २४ गते ८ तारिखदेखि लागू हुने गरी उडान तालिका रद्द गरेको हो ।    विराटनगरलाई सिधा हवाई सेवासँग जोड्ने उद्धेश्यले उडान तालिका राखिएको भए पनि यात्रु अभावमा सेवा सञ्चालन गर्न नसकिएको बताइएको छ । 

सोलुखुम्बुका नागरिक भने सल्लेरी–विराटनगर सिधा सडक सञ्जाल जोडिएकाले सडक मार्ग हुँदै जाने गरेका छन् । सडक मार्ग भरपर्दो हुने भएकाले पनि हवाई सेवाप्रति मानिसहरुको चासो नदेखिएको हो । सोलुखुम्बुबाट स्थल मार्गबाट एकदिनमै विराटनगर पुग्न सकिन्छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया