म्यानचेस्टर सिटीका युवा खेलाडी ब्रहिम डियाज रियल मड्रिडमा जाने भए

 पुस २१, २०७५ शनिबार ११:२७:४ | एजेन्सी
unn.prixa.net

म्यानचेस्टर सिटीका युवा खेलाडी ब्रहिम डियाज रियल मड्रिडमा अनुबन्ध हुने भएका छन् । नयाँ सिजनसँग १९ वर्ष पुगेका डायज १५ दशलमब ५ मिलियन पाउण्डमा स्पेन जान लागेका हुन् ।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले यसअघि नै डियाजलाई क्लबमै राख्नका लागि प्रयास भइरहेको बताएका थिए । तर रियल मड्रिडको अफरलाई सिटीले सहज रुपमा स्वीकार गरेको छ । स्पेनको यू–२१ टिमका सदस्य डियाजको मूल्य २१ मिलियन पाउण्ड पुग्नसक्ने बताइएको छ ।

डियाजले सन् २०१३ मा १४ वर्षको उमेरमा मालागाबाट सिटीमा अनुबन्ध भएका थिए । उनले टिमबाट चार सिजनमा १५ खेलमा मैदानमा उत्रिएका छन । उनले पछिल्लो पटक काराबाओ कपमा लेस्टरविरुद्ध खेलेका थिए ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया