लिगको अन्तिम खेलमा च्यासल जावलाखेलसँग बराबरीमा रोकियो

 पुस २१, २०७५ शनिबार १३:३१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा च्यासलले जावलाखेसँग एक–एकको बराबरीमा चित्त बुझाएको छ ।

हल्चोकमा रहेको सशस्त्र प्रहरीको मैदानमा भएको खेलमा जावलाखेलले एक गोलको अग्रता जोगाउन सकेन । खेलको १०औँ मिनेटमा अर्जुन सिंहले हेडर गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

तर ३२ औँ मिनेटमा च्यासलले पेनाल्टीमार्फत गोल गर्दै बराबरी गर्न सफल भयो । च्यासलका सन्नी ब्यञ्जनकारलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीमा छिरीङ गुरुङले गोल गर्न सफल भए । 

त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र एक–एकको बराबरीमा खेल सकियो । यो बराबरीले च्यासलको १६ अंक भएको छ भने जाउलाखेलको १३ अंक छ ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया