११ हजारभन्दा बढी रैथाने बालीको संरक्षण

 पुस २१, २०७५ शनिबार १३:३९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुरकाे खुमलटारमा रहेको जिन बैंक

काठमाडौं – सरकारले साढे ११ हजारको संख्यामा रैथाने बाली खोजी गरी संरक्षण गरेको छ । 

दुई वर्षको अवधिमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले विभिन्न जिल्लाबाट लोप हुन लागेका रैथाने जातका बालीनाली संरक्षणको काम सुरु गरेको हो । अझै संकलनको काम भइरहेको नार्क अन्तरर्गत राष्ट्रिय जिन बैंकका वरिष्ठ वैज्ञानिक बाली प्रजननकर्ता बालकृष्ण जोशीले जानकारी दिनुभयो । नार्कले विदेशी बीउबिजन भित्रिएकाले नेपालका रैथाने बाली संकटमा परेको भन्दै संरक्षण अभियान थालेको हो । 

कृषि क्षेत्रमा संलग्न विभिन्न संघ संस्थाका मानिसलाई तालिम दिएर नार्कले खोजी गर्ने तरिका र संकलन भएको बीउबिजनलाई सुरक्षित राख्ने तरिका पनि सिकाउँदै आएको छ । 

संकलन गरिएको बालीलाई ललितपुरमा रहेको जिन बैंकमा सुरक्षित साथ राख्ने गरिएको पनि जिन बैंकका वरिष्ठ वैज्ञानिक बाली प्रजननकर्ता बालकृष्ण जोशीले जानकारी दिनुभयो ।   
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया