डीपीएल अक्सन : विनोद र ललित अधिकतम मूल्यमा बिक्री, को कतिमा बिक्री भए ?

 पुस २१, २०७५ शनिबार १४:१२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – धनगढी प्रिमियर लिग (डीपीएल)का लागि खेलाडीको अक्सन अहिले काठमाडौंमा भइरहेको छ । 

जसमा पहिलो सेसन सकिँदा चार खेलाडीले अधिकतम मूल्य पाएका छन । त्यसमा तीनै राष्ट्रिय खेलाडी प्रदिप ऐरी, आरिफ शेख, ललितसिंह भण्डारी र विनोद भण्डारी छन् ।

होटेल अन्नपूर्णमा भएको अक्सनमा सुरुवाति तीन खेलाडी बिक्री भएनन् । यसपटक खेलाडी आफैले आफ्नो मूल्य तोक्ने प्रावधान बनाएको अक्सन खुल्ला रुपमा गरिएको हो । जसमा प्रदिप ऐरीलाई दुई लाख ४० हजारमा रुपन्देहीले ड्र बाट टिममा भित्र्यायो । उनलाई खरिद गर्न तीन टिमबीच प्रतिस्पर्धा चलेको थियो ।

यस्तै ललितसिंह भण्डारीलाई पनि दुई लाख ५० हजारमा रुपन्देहीले खरिद गर्यो । ललितको बेस प्राइस एक लाख ५० हजार र प्रदीपको ५० हजार रहेको थियो । यस्तै आरिफलाई महेन्द्रनगरले महंगो रकममा अनुबन्ध गर्यो । विनोदलाई पनि रुपन्देहीले चिठ्ठाबाट टिममा भित्र्यायो ।

बिक्री भएका अन्य खेलाडी

अविनाश बोहरा 

राष्ट्रिय टिममा पहिलो पटक परेका खेलाडी २२ वर्षीय खेलाडी बोहरालाई १ लाख ७० हजार रुपैयाँमा महेन्द्रनगर युनाइटेडले किन्यो ।

कुशल भुर्तेल 

भैरहवाका खेलाडी दायाँ हाते ब्याट्सम्यान र बलर १ लाख ६० हजारमा विराटनगरले किन्यो ।

सौरभ खनाल

एक लाख बेस प्राइस रहेक खनाललाई धनगढी स्टार्सले १ लाख ६० हजारमा किनेको छ ।

हरिबहादुर चौहान 

चाैहानलाई ९५ हजार रुपैयाँमा  चौहानलाई धनगढीले लिएको छ ।

सन्दिप सुनार 

८० हजार बेस प्राइस रहेका सुनारलाई १ लाख १० हजारमा रूपन्देहीले किनेको छ ।

अमित श्रेष्ठ

बेस प्राइस ५० हजार रुपैयाँ रहेका श्रेष्ठलाई १ लाख ८० हजारमा धनगढीले किनेको छ ।

किशोर महतो
बेस प्राइस ७० हजार रुपैयाँ रहेका महतोलाई १ लाखमा विराटनगरले किनेको छ ।

विक्रम भुषाल 

७० हजार बेस प्राइस रहेका भुषाललाई १ लाख ६० हजारमा काठमाडौंले खरिद गरेको छ ।


मोहम्मद आरिफ शेख

बेस प्राइस १ लाख रहेका शेखलाई महेन्द्रनगरले २ लाख ५० हजारमा ड्रबाट टिममा लियो ।

रासिद खान

रासिद खानलाई १ लाख ७० हजार काठमाडौंले लिएको छ ।

अमरसिंह राउटेला

राउटेलालाई  १ लाख २० हजारमा महेन्द्रनगरले किनेको छ ।

मोहम्मद आशिफ शेख 

बेस प्राइस १ लाख रुपैयाँ रहेका शेखलाई  १ लाख ८० हजारमा विराटनगरले किनेको छ ।

भुवन कार्की

१ लाख बेस प्राइस रहेका कार्कीलाई  सीवाईसी अत्तरियाले २ लाख १० हजारमा खरिद गरेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया