पूर्व राष्ट्रपति यादव चिकित्सा सेवामा फर्कने संकेत

 पुस २१, २०७५ शनिबार १६:१९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले चिकित्सकीय सेवामा फर्कने संकेत गर्नुभएको छ ।

बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११ औं वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले चिकित्सकीय सेवामा फर्कने संकेत गर्नुभएको हो । उहाँले सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने गरी काम गर्ने सोच बनाएको बताउनुभयो ।

पूर्व राष्ट्रपति यादव राजनीतिमा आउनुभन्दा अघि बीपी कोइरालाको निजी चिकित्सक पनि हुनुहुन्थ्यो । कोइरालाकै संगतमा उहाँ राजनीतिमा आउनुभएको हो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया