कम्युनिष्ट विचारधारा विपरीत रहेको सहकारीमा कम्युनिष्टहरुकै वर्चश्व छ: कांग्रेस

 पुस २१, २०७५ शनिबार १६:२८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - नेपाली कांग्रेसका नेताहरुले आफूहरुले उठाएको सहकारीको अवधारणामा कम्युनिष्टहरुको वर्चश्व बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

शनिबार काठमाडाैंमा भएका दुई छुट्टाछुटै कार्यक्रममा कांग्रेस नेताहरुले कम्युनिष्ट विचारधारा विपरीत रहेको सहकारीमा कम्युनिष्टहरुकै वर्चश्व भएको टिप्पणी गरेका हुन् ।

सहकारी अर्थनीति कम्युनिष्ट विचारधाराको विपरीत भएपनि अहिले मुलुकभरका सहकारीमा वामपन्थीकै वर्चश्व रहेको भन्दै सहकारी संस्थामा संलग्नता बढाउनुपर्नेमा जोड दिए ।

फियन बचत तथा ऋण सहकारी संस्थाको आठौं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै कांग्रेस नेता पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले कांग्रेसले बनाएको सहकारीको आधारको उपयोग कम्युनिष्टहरुले गरिरहेको बताउनुभएको हो ।

त्यस्तै शनिबार नै बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११ औ वार्षिक साधारणसभालाई सम्बोधन गरेका पूर्व उपप्रधानमन्त्री एवं कांग्रेस उपसभापति बिमलेन्द्र निधिले पनि सहकारी अर्थनीति सुरु गरेको कांग्रेस नै सहकारी अभियानमा पछि परेको र कम्युनिष्टको वर्चश्व बढेको बताउनुभएको छ ।

 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया