श्रीलंकाविरुद्धको एक दिवसीय श्रृंखला न्यूजिल्याण्डकाे पाेल्टामा

 पुस २१, २०७५ शनिबार १६:५५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

श्रीलंकाविरुद्धको एक दिवसीय श्रृंखला न्यूजिल्याण्डले जितेको छ ।

तीन वटा एक दिवसीय खेलकाे श्रृंखला अन्तर्गत लगातार २ खेल जितेको न्यूजिल्याण्डले एक खेल अगावै श्रृंखला जितेको हो । तेस्रो एक दिवसीय क्रिकेट भने आउँदो मंगलबार हुने छ ।

शनिबार भएको दोस्रो एक दिवसीय क्रिकेटमा न्यूजिल्याण्डले श्रीलंकालाई २१ रनले पराजित गरेको हो । ३२० रनको लक्ष्य पछ्याएको श्रीलंका ४६.२ ओभरमा २९८ रनमा रोकिएको थियो । श्रीलंकाका थिसेरा परेराले १४० रनको विस्फोटक पारी खेले पनि जित भने दिलाउन सकेनन् । ७४ बल खेलेका परेराले १३ छक्का र ८ चौका प्रहार गरेका थिए ।

धनुष्का गुनतिल्लकाले ७१ रन बनाउँदा कुशल मेण्डिसले २० रन बनाए । कप्तान लासिथ मालिंंगाले १७ रन बनाउनुबाहेक अरु कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

न्यूजिल्याण्डका इस सोंधीले ३ विकेट लिँदा मेट हेनरि र जेम्स निशामले दुई-दुई विकेट लिएका थिए ।

टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले ७ विकेट गुमाउँदै ३१९ रन बनाएको थियो । उसका लागि रस टेलरले ९०, कुलिन मुनरोले ८७, जेम्स निशामले ६४ रन बनाएका थिए ।

सर्वाधिक रन बनाउने न्यूजिल्याण्डका तीन जना खेलाडी नै रन आउट हुन पुगेका थिए । बलिङतर्फ श्रीलंकाका लासिथ मालिंंगाले ३ विकेट लिए । आजको खेलमा शतक बनाएका थिसेरा परेर म्यान अफ दी म्याच भएका थिए ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया