हेटौंडा–काठमाडौं जोड्ने छोटो दूरीको तीन वटा सडक पहिरोले अवरुद्ध

 असार ३, २०७५ आइतबार १२:५:१३ | हरि हुमागाईं

मकवापुर – हेटौंडाबाट काठमाडौं जोड्ने तीन वटा सडक शनिबार रातिबाट बन्द भएका छन् । अविरल परेको वर्षाका कारण तीन वटा सडक बन्द भएपछि यी सडकबाट ओहोर दोहोर गर्ने एक हजार गाडी अलपत्र परेका छन् ।

हेटौंडा काठमाडौं जोड्ने छोटो दूरीको मार्ग अन्तर्गगत फाखेल सडक, सिस्नेरी सडक र दामन–पालुङ हुँदै काठमाडौं जाने सडकमा पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक दिलिपराज झाले बताउनुभयो ।

फाखेल सडक अन्तर्गत इन्द्र सरोवर गाउँपालिकाका वडा नंम्बर २ सुकौरामा, इन्द्र सरोवरकै सिस्नेरीमा र हेटौंडा दामन पालुङ हुँदै काठमाडौं जाने सडक अन्तरगत भिमफेदी गाउँपालिकाको वडा नम्बर ४ महाभीरमा पहिरो लडेर सडक अवरुद्ध भएको हो । यस क्षेत्रको सडक अबरुद्ध भएका कारण लामो तथा छोटो दूरीका सवारीका साधनहरु भने चल्न सकेका छैनन् 

पहिरोबाट अवरुद्ध सडक खोल्नका लागि सडक डिभीजन कार्यालय हेटौंडाबाट राती नै डोजर गएको र पहिरो पन्छाउने काम भैरहेको डीएसपी झाले बताउनुभयो । यसैगरी बाढी र पहिरोका कारण हेटौंडाबाट बागमतीसम्म जाने सडक पनि अवरुद्ध भएको छ । बकैयाँ गाउँपालिकाबाट वागमतीसम्म जाने बीच बाटोमा पहिरो खसेको र खोलाको सडकमा बाढी आएकाले सवारीका साधन चल्नका लागि समस्या भएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया