ट्याक्टर दुर्घटनामा एकजनाको ज्यान गयो

 पुस २१, २०७५ शनिबार १७:५६:४० | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–३, डुम्रेमा शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

धरानबाट आङ्ना मौवा तमोर लिफ्टिङ खानेपानी आयोजनाको सामान बोकेर पाँचथरतर्फ जाँदै गरेको को २ त ७८५३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक ३५ वर्षीय सञ्जीव पासवानको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

ट्याक्टर सडकबाट खेतमा खसेको छ । मृत्तक चालकको ठेगाना खुल्न सकेको छैन । दुर्घटना पश्चात मृत्तकको शव धनकुटा अस्पतालमा पोष्टमार्टमको लागि ल्याइएको छ ।


    
 

अन्तिम अपडेट: चैत १४, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया