डीपीएलको अक्शन समाप्त, खेलाडीकाे मूल्य ३० हजारदेखि साढे २ लाखसम्म (सूचीसहित)

 पुस २१, २०७५ शनिबार १८:५१:४२ | उज्यालो सहकर्मी

काठमाडाैं - धनगढी प्रिमियर लिग डीपीएलका लागि खेलाडीको अक्शन शनिबार समाप्त भएकाे छ ।

अक्शनमा आरिफ शेख, ललित भण्डारी, विनोद भण्डारी, पवन सर्राफ, भीम सार्की र ललितनारायण राजबंशी जनही साढे दुई लाख रुपैयाँमा विभिन्न टिममा अनुबन्ध भएका छन् । त्यस्तै  प्रदिप ऐरी भने २ लाख ४० हजार रुपैयाँमा रुपन्देहीमा आबद्ध भएका छन् ।

प्रदिप, विनोद भीम र ललित भण्डारीलाई रुपन्देहीले, आरिफलाई महेन्द्रनगरले, पवनलाई धनगढीले र ललित राजवंशीलाई काठमाडौंले लिएका हुन् ।

आउँदो माघ २६ गतेदेखि धनगढीमा हुने प्रतियोगिताको लागि काठमाडौंमा खेलाडीको अक्शन भएको हो । अक्शनका लागि २ सय ५ खेलाडीले नाम दर्ता गराएका थिए ।

डीपीएलमा चौराहा धनगढी, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन र बिराटनगर किंग्सले प्रतिस्पर्धा गर्नेछन् । 

 

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया