बीपीएलमा सन्दीप लामिछानेकाे खेल भाेलि, प्लेइङ ११ मा पर्ने सम्भावना ५० प्रतिशत मात्र

 पुस २१, २०७५ शनिबार १९:३०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

बिग ब्याश लिगमा उत्कृष्ट प्रदर्शन गरेर बंगलादेश पुगेका सन्दीप लामिछानेले आइतबार बंगलादेश प्रिमियर लिग खेल्दैछन् ।

पहिलो पटक प्रतियोगतामा सहभागिता जनाउने तयारीमा रहेका सन्दीप पहिलो खेलमा नै टिममा पर्ने संभावना भने अनुभवी लेग स्पिनर इमरान ताहिरका कारण ५० प्रतिशत मात्र रहेको छ ।

बिग ब्याशमा चार खेलमा आठ विकेट लिएर बंगलादेश उडेका सन्दीपको टिम सिलेट सिक्सर्सले आइतबार कोमीला भिक्टोरियन्ससँग खेल्नेछ । ढाकामा हुने यो खेल दिउँसाे सवा १२ बजेबाट सुरु हुनेछ ।

सन्दीपले आफ्नाे पछिल्लो फर्मलाई बंगलादेशको भूमिमा पनि कायम राख्ने विश्वास सबैको रहेको छ । वकार युनिसको प्रशिक्षणमा रहेको सिलेट सिक्सर्सबाट सन्दीपले बीपीएल खेल्नेछन् । उनको टिममा विश्वका उत्कृष्ट खेलाडी रहेका छन् ।

डेभिड वार्नरको कप्तानीमा रहेको सिलेटमा सन्दीप र वार्नरबाहेक मोहम्मद इरफान, नबिल समद, इबादत होसेन, आलोक कपाली, जाकिर अलि, गुलाब्दिन नाइब, आन्द्रे फ्लेचर, मेहदी हसन रजा, पट ब्राउन, इमरान ताहिर, निकोलस पुरन, मोहम्मद नवाज, नासिर होसेन, सब्बिर रहमान, सोहेल तनविर, लिटन दास, अफिफ हुसेन, तस्किन अहमद, अल अमीन होसेन, तोउहिद रिदोय तथा फेबियन एलेन रहेका छन् ।

दोस्रो खेलमा सिलेटले पौष २५ गते चिट्गङ भाइकिङ्सविरूद्द प्रतिस्पर्धा गर्नेछ । ७ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा चिट्गङ भाइकिङ्स, कोमिल्ला भिक्टोरियन्स, ढाका डाइनामाइट्स, खुलना टाइटान्स, राजसाही किङ्स, रङपुर राइडर्स र सिलेट सिक्सर्स रहेका छन् ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया