ए डिभिजन लिग: सरस्वतीसँग बराबरी खेलेपछि पुलिसकाे शीर्ष ६ पुग्ने सम्भावना कठिन

 पुस २१, २०७५ शनिबार १९:५३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा नेपाल पुलिस क्लबले अन्तिम खेलमा सरस्वती क्लबसँग एक-एक गोलको बराबरी गरेकाे छ।

यो बराबरीले पुलिसको शीर्ष ६ मा पुग्ने संभावना कठिन भएको छ । सशस्त्र प्रहरीको मैदान हलचोकमा भएको खेलमा सरस्वतीले लिएकाे एक गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा राेकिनुपरेकाे हाे ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ४९ औं मिनेटमा पुलिसका खेलाडीले डिबक्समा फल गरेपछि पाएको पेनाल्टीलाई सरस्वतीका भिक्टरले गोलमा परिणत गरे । तर त्यसको तीन मिनेटपछि नै पुलिसले खेल बराबरी गर्यो ।

पुलिस क्लबका लागि रविशंकर पासवानले गोल गर्न सफल भए । उनले नीरकुमार शाहको पासको सदुपयोग गरेका थिए ।

त्यसपछि पनि पुलिसले केहि मौका पायाे तर सफल हुन सकेन र खेल बराबरीमा टुंगियाे। तीन पटककाे च्याम्पियन पुलिसले यो बराबरीपछि अंक तालिकामा १९ अंक बनाएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया