वाइडबडी प्रकरण अनावश्यक हल्ला : उपप्रधानमन्त्री पोखरेल

 पुस २२, २०७५ आइतबार ६:४४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाइडबडी जहाज खरिद प्रकरणमा अनावश्यक हल्ला चलाइएको बताउनुभएको छ । 

वाइडबडी जहाज खरिद प्रकरणमा लेखा समितिले गठन गरेको उपसमितिले तयार गरेको प्रतिवेदन लेखा समितिमा नबुझाई सार्वजनिक गर्नु बदनियतपूर्ण भएको उहाँले बताउनुभयो । 

जहाज खरिद प्रकरणको सम्बन्धमा सरकारले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेको जानकारी दिनुभयो । नयाँ गठन गरेको समितिले दिएको प्रतिवेदनका आधारमा कारबाही अघि बढ्ने उहाँको भनाई छ । 

नेपाल प्रेस संगठन कास्की शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा रेशम चौधरीको सपथ ग्रहणका बारेमा जनताको मतबाट निर्वाचित भएपछि निर्वाचन आयोगले प्रमाणपत्र पाउने देखिएको उल्लेख गर्दै यी सबै विषयलाई ध्यानमा राखेर सांसदको सपथ ग्रहण गराइएको उलेल्ख गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया