एसियन कपमा आज तीन खेल हुँदै

 पुस २२, २०७५ आइतबार ७:४५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

शनिबारदेखि यूएईमा सुरु भएको महादेशीय फुटबल प्रतियोगिता एसियन कप अन्तर्गत आज समूह चरणका तीन खेल हुँदैछन् ।

आज समूह ए का एक खेल र समूह बी का दुई खेल हुनेछन् । नेपाली समयअनुसार अपराह्न पौने ५ बजेदेखि सुरु हुने पहिलो खेलमा समूह बीमा रहेको साविक विजेता अष्ट्रेलियाले जोेर्डनसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल हज्जा बिन जायद रंगशालामा हुनेछ । 

त्यस्तै सवा आठ बजेदेखि सुरु हुने दोस्रो खेलमा समूह एमा रहेका थाइल्याण्ड र भारतबीच प्रतिस्पर्धा हुनेछ । यो खेल अल नायान रंगशालामा हुनेछ । आजको अन्तिम खेल अल सारजाह रंगशालामा राति पौने १० बजेदेखि सुरु हुनेछ । जहाँ सिरिया र प्यालेस्टाइन आमनेसामने हुनेछन् ।

यसअघि शनिबार भएको उद्घाटन खेलमा समूह एबाट आयोजक यूएई र बहराइनले एक–एक गोलको बराबरी खेलेका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया