आज तोल ल्होसार मनाइँदै

 पुस २२, २०७५ आइतबार ९:१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैंमा तमु ल्हाेसार मनाउँदै

काठमाडौं – आज तोल ल्होसार पर्व मनाइँदैछ । हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङ लगायत हिमाली भेगमा तोल ल्होछार पर्व मनाउने गरिन्छ । 

तोल ल्होसारलाई सबैभन्दा पुरानो ल्होसार मानिन्छ । तोलको अर्थ समयचक्र भन्ने हुन्छ ।

पुस शुक्ल प्रतिपदाको दिनमा मनाइने यो पर्वमा आगन लिपपोत गरी चोखो बनाएर पूजाआजा गरी मान्यजनबाट आर्शिवाद लिने र बाबरी रोटी, फुरौला, कन्दमुल आदि प्रसादका रुपमा खाने चलन छ । यसो गर्नाले देवताको विजय र भुतप्रेतको हार हुने विश्वास छ ।  

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया