संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन : बोल्दा किन बोल्यो भन्ने, नबोल्दा पनि किन बोलेन भन्ने ?

 पुस २२, २०७५ आइतबार १३:४८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यलाई सबल बनाउने र नागरिकलाई सुखी बनाउने गरी कामहरु अघि बढाइरहेको बताउनुभएको छ । 

प्रतिनिधिसभाको आज बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राज्यलाई सबल बनाउने र नागरिकलाई सुखी बनाउनेभन्दा अरु कुनै स्वार्थमा नलागेको प्रष्ट पार्नुभयो ।  

प्रधानमन्त्री ओलीले पछिल्लो समयमा सरकारप्रति आफूले अनौठो व्यवहारको अनुभूति गरिरहेको पनि बताउनुभयो । 

‘पछिल्लो अवधिमा मैले केही अनौठो व्यवहारको अनुभूति गरिरहेको छु । सरकार के गर्दै छ पत्तो भएन भनेर प्रश्न उठाइयो । के गर्दै छ भनेर जवाफ दिन्छु  । अनि प्रति प्रश्न आउँछ प्रम किन बोलेको ? बोल्न नहुने रहेछ क्यार भनेर फेरि चुप लाग्छु, अनि फेरि प्रश्न आउँछ खै जवाफ दिएको ? केही गर्न खोजिन्छ, सोधिन्छ त्यो किन गरेको ? केही नगर्दा त प्रश्न उठ्ने कुरै भयो ।’

प्रधानमन्त्री ओलीले आफूलाई कुनै तर्क र बहसमा रुची नरहेको पनि बताउनुभयो । 

‘मलाई कुनै तर्क र बहसमा रुची छैन । गर्नु पनि छैन’, उहाँले भन्नुभयो, ‘गर्नु छ त मुलुकको विकास, अब पनि यो देशको विकास नहुने हो भने कहिले गर्ने । हामीले पनि नगर्ने भए कसले गर्ने ?’ 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया