ए डिभिजन लिग: पहिलाे हाफमा आर्मीकाे मच्छिन्द्र र थ्रीस्टारकाे शेर्पाविरुद्ध एक शून्यकाे अग्रता

 पुस २२, २०७५ आइतबार १५:५७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिगमा तेस्रो स्थानको दावेदारका रुपमा रहेका त्रिभुवन आर्मी र थ्रीस्टार क्लबले आफ्ना प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गरिरहेका छन् ।

एपीएफ मैदान हलचाेकमा जारी खेलको पहिलो हाफ सकिँदा त्रिभुवन आर्मीले मछिन्द्र क्लबविरुद्ध १–० को अग्रता बनाएको छ । आर्मीले २८औं मिनेटमा सुरुआती अग्रता बनाएको हो ।

उसका लागि टंकबहादुर बस्नेतले गोल गर्न सफल भए । यस्तै एन्फा मैदान सातदोबाटोमा थ्रीस्टारले हिमालयन शेर्पाविरुद्ध पहिलो हाफमा १–० को अग्रता बनाएको छ ।

थ्रीस्टारका लागि २८औं मिनेटमा बुद्धराज लिम्बुले गोल गरेका थिए ।

आजको खेलमा थ्रीस्टार विजयी भए तालिकाको तेस्रो स्थानमा रहँदै लिग टुंग्याउने छ । तर थ्रीस्टार बराबरीमा रोकिएर आर्मी विजयी भए आर्मी नै तालिकाको तेस्रो स्थानमा आउने छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया