कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
कैलाली – सशस्त्र प्रहरीले भन्सार छली ल्याउँदै गरेको हार्डवेयरका सामग्री बरामद गरेको छ ।
आइतबार बिहान सशस्त्र प्रहरी कैलाली नम्बर ५३ गुल्मका सशस्त्र प्रहरी नायव निरीक्षक जयबहादुर महराको कमाण्डमा खटिएको मोबाइल टिमले सामग्री बरामद गरेको हो ।
धनगढी उपमहानगरपालिका ९ बंग्राकटानबाट २ लाख १४ हजार रुपैयाँ बराबरको सामग्री बरामद भएको महराले बताउनुभयो । बरामद सामग्री आइतबार कैलाली भन्सार कार्यालय बुझाइएको उहाँले जानकारी दिनुभयो ।