कास्कीमा जीप दुर्घटना : एकजनाको ज्यान गयो

 पुस २२, २०७५ आइतबार १७:२१:३८ | सुमन गुरुङ
unn.prixa.net

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिकामा आइतबार सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

दुर्घटना परि जीप चालक अन्नपूर्ण गाउँपालिका ५ झोबाङका ३५ वर्षीय भीमबहादुर खत्री क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । कास्कीको नयाँ पुलबाट मिचुतर्फ छुटेको ग १ ज ५१९७ नम्बरको जीप अन्नपूर्ण गाँउपालिका–१०, हुँदुको सडकबाट खसेरे  दुर्घटना भएको हो ।

चालक  क्षेत्रीको घटनास्थलमै ज्यान गएको प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया