प्रधानमन्त्री ओलीलाई भेटेरिनरीका प्रविधिकहरुले बुझाए दुई बुँदे मागसहितको ज्ञापनपत्र !

 पुस २२, २०७५ आइतबार १७:४४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – डोटी जिल्लामा रहेका कृषि तथा भेटेरीनरीका प्रविधिकहरुले दुई बुँदे मागपत्रसहित प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन् ।

नेपाल कृषि तथा भेटेरिनरी प्राविधिक हकहित संरक्षण समिति जिल्ला कार्यालय डोटीका अध्यक्ष प्रेमबहादुर भण्डारीले सरकारले कर्मचारी समायोजन सम्बन्धी कार्यविधि पेश गरिँदा समेत कृषि तथा भेटरीनरीका प्राविधिक तर्फका कर्मचारीहरुका बारेमा कुनै चासोे नदिएकोले सरकारको ध्यान आकर्षण गराउनका लागि ज्ञापनपत्र बुझाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कर्मचारी समायोजनमा सरकारले हामीलाई बिर्स्याे कि भन्ने लागेर सरकारको ध्यान दिलाउन ज्ञापनपत्र बुझाएका छाैं ।’

ज्ञापनपत्रमा भनिएको छ, ‘एक गाउँ, एक प्राविधिकको नीति अनुसार पदस्थापन भएका प्राविधिक कर्मचारीहरुलाई स्थानीय तहहरुमा स्थायी रुपमा व्यवस्थापन गरिनुपर्ने र सरकारले रा.प.अन. द्वितीय तहका कर्मचारीहरुलाई हटाउने भन्ने तयारी गरेकोले उनीहरुको उचित व्यवस्थापन नहुँदासम्म कर्मचारीहरुलाई हटाउन हुँदैन ।’ 

ज्ञापनपत्र बुझ्दै डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुवेदीले प्राप्त गरेको ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा तत्कालै पठाउने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया