'फास्ट ट्र्याक' बाट कानुन बनाई सहकारी पीडितका समस्या समाधान ग...
बैशाख १३, २०८१ बिहिबार
काठमाडौं – नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर ४ का ३७ वर्षका सुरेश तामाङलाई प्रहरीले थानकोटबाट पक्राउ गरेको हो । उनी मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट युवा संगठन क्रान्तिकारी युवा लिग नेपालका सदस्य रहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।
क्रान्तिकारी युवा लिगले वाइडबडी घोटला प्रकरणमा मुछिएका कंसाकारलाई कार्यकक्षमै शुक्रबार कालोमोसो दलेको थियो ।