नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त

 पुस २२, २०७५ आइतबार १८:४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त हुनुभएको छ ।

खुला प्रतिस्पर्धाबाट छानिएका अन्तिम तीनजनामध्ये सबैभन्दा बढी नम्बर पाउने अधिकारीलाई मन्त्रिपरिषद्को पछिल्लो बैठकले प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । सरकारले गठन गरेको समितिले डिल्लीराम अधिकारी, बुद्धि आचार्य र संगीता पहाडीलाई सिफारिस गरेकोमा मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई नियुक्त गरेको हो ।

अधिकारी नेपाल टेलिकमको दशौं तहमा कार्यरत हुनुहुन्थ्यो । नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले अधिकारीलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको जानकारी आएको बताउनुभयो ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया