सल्यानमा आगलागी : दुई घर जले

 पुस २२, २०७५ आइतबार १८:१७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

सल्यान – सल्यानमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् ।

सल्यानकोे कालिमाटी गाउँपालिका–६, घारेघारीमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको वडा अध्यक्ष टेकराज पुलामीले जानकारी दिनुभएको छ । आइतबार बिहान झण्डै साढे १० बजेतिर घरमा आगलागी भएको उहाँले जानकारी दिनुभयो । आगलागीबाट स्थानीय ओमबहादुर खत्री र चित्रबहादुर खत्रीको घर पूर्ण रुपममा जलेर नष्ट भएको हो । मानवीय क्षति नभए पनि लाखौंको सम्पत्ति जलेर नष्ट भएको उहाँले जनाउनुभयो ।

आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, अन्नपात र पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको पीडित ओमबहादुर खत्रीले गुनासो गर्नुभयो । स्थानीयको प्रयासमा आगो निभाइको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन ।

घरमा आगलागी भएपछि पीडित दुई घर छिमेकीको घरमा आश्रय लिएर बसेको वडा अध्यक्ष पुलामीले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया