रेडपाण्डाको छालासहित दुईजना पक्राउ

 पुस २३, २०७५ सोमबार ७:४०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

जाजरकोट – रेडपाण्डाको छालासहित जाजरकोटका दुई युवा प्रक्राउ परेका छन् । नलगाड नगरपालिका – ५  कालिमाटीका २५ वर्षीय गणेश सुनार र त्यही ठाँउका २५ वर्षीय युवराज विकलाई जिल्ला प्रहरी कार्यालयको नियमित गस्ती टोलीले  आइतबार पक्राउ गरेको हो । 

सदरमुकाम खलंगा बजारमा जाँच गर्ने क्रममा रेडपाण्डाको छालासहित दुईजना पक्राउ परेको जाजरकोटका प्रहरी निरीक्षक लोक बहादुर विष्टले जानकारी दिनुभयो  । प्रहरीले प्रक्राउ परेका दुईजनालाई नै जिल्ला वन कार्यालयको जिम्मा लगाएको जनाएको छ ।

वन कार्यालयले दूर्लभ वन्यजन्तुको चोरी शिकारी तथा वन्यजन्तुका अंगहरु गैरकानूनी ओसारपसारलाई निरुत्साहित गरी नियन्त्रण गर्न बनेको साइटिस महासन्धि, १९७५ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची १ अनुसार दूर्लभ वन्यजन्तुको सूचीमा सूचीकृत रेडपाण्डा (हाब्रे) को छालाको व्यापार गर्ने कार्यमा संलग्न दुईजनाविरुद्ध मुद्धा चलाउने तयारी गरेको छ ।

आवश्यक अनुसन्धानका लागि वन कार्यालयले सहायक वन अधिकृत पूर्ण प्र्रसाद ढकाललाई अनुसन्धान अधिकृत तोकेर प्रक्रिया अघि बढाएको जिल्ला वन अधिकृत मन्जुर अहमतले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया