सोसियडाडसँग हार्‍याे रियल मड्रिड

 पुस २३, २०७५ सोमबार ८:२६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस लिगा लिगमा रियल मड्रिड पराजित भएको छ । सान्टियागो बर्नाबाउमा भएको खेलमा रियल मड्रिड रियल सोसियडाडसँग २–० ले स्तब्ध बन्यो ।

दोस्रो हाफमा दश खेलाडीमा सिमित बनेको रियलविरुद्ध सोसियडाडले १५ वर्षमा पहिलो पटक बर्नाबाउमा जित निकाल्यो । रियललाई हराउनका लागि सोसियडाडका विलियन जोसे र रुवेन पार्दोले एक–एक गोल गरेका थिए ।

तेस्रो मिनेटमा कासिमिरोले मिकेल मेरिनोलाई फल गरेका कारण सोसियडाडले पेनाल्टी पायो । जुन पेनाल्टीलाई विलियन जोसेले गोलमा परिणत गरे । लुकास भाज्क्वेज ६१औं मिनेटमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि रियल मड्रिड दश खेलाडीमा सिमित भयो ।

८३औं मिनेटमा विलियन जोसेको पासमा रुवेन पार्दोले हेडर गोल गर्दै सोसियडाडलाई २–० को अग्रता दिलाए । त्यसपछि रियल खेलमा फर्किन सकेन र अंक गुमाउन बाध्य भयो ।

प्रतिस्पर्धात्मक खेलमा रियलले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको थियो । उसले हानेको कुल २८ सटमध्ये आठवटा फ्रेममा परे पनि सोसियडाडका गोलकिपरले रोकेका थिए ।

दुईवटा राम्रो सट पोलमा लागेको थियो । पराजयपछि रियल मड्रिड पाँचौं स्थानमा झरेको छ । तालिकामा रियल मड्रिडको ३० अंक छ । रियल सोसियडाडभने २२ अंक जोड्दै १२औं स्थानमा उक्लिएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया