बार्सिलोनाकाे जितमा मेस्सी र स्वारेजकाे एक–एक गाेल

 पुस २३, २०७५ सोमबार ९:१५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

गेटाफेलाई हराउँदै बार्सिलोनाले स्पेनिस ला लिगा तालिकामा पाँच अंकका अग्रता लिएको छ । आइतबार भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २–१ ले हरायो । 

बार्सिलोनालाई जित दिलाउनका लागि लुइस स्वारेज र लियोनल मेस्सीले एक–एक गोल गरेका थिए । २०औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३९औं मिनेटमा स्वारेजको डि–बक्स बाहिरबाट उत्कृष्ट भली गोलमा परिणत भएपछि बार्सिलोनाले २–० को अग्रता लियो ।

त्यस लगत्तै गेटाफेको एउटा राम्रो मौका पोस्टमा लाग्यो । तर ४३औं मिनेटमा गेटाफेले गोल फर्कायो । जेमी माटाले गोल गरेका थिए ।

दोस्रो हाफमा गोल हुन नसक्दा बार्सिलोनाले २–१ को जित हात पार्‍याे । जितसँगै बार्सिलोना ४० अंक बनाउँदै तालिकामा पाँच अंकको अग्रता लिन सफल भएको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको ३५ अंक छ । गेटाफे भने २५ अंकसहित सातौं स्थानमा छ ।


 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया