लेस्टर सिटी र फुलह्याम पराजित

 पुस २३, २०७५ सोमबार ९:२२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

एफए कप अन्तर्गत आइतबार राति भएको खेलमा लेस्टर सिटी तेस्रो डिभिजनको क्लब न्यूपार्ट काउन्टीसँग पराजित भएको छ ।

न्यूपोर्ट काउन्टीको मैदानमा भएको एफए कपको तेस्रो चरणको खेलमा शीर्ष डिभिजन खेलिरहेको लेस्टर २–१ ले पराजित भयो । खेलको दशौं मिनेटमा जेमिल म्याटले गोल गर्दै न्यू पोर्टलाई अग्रता दिलाएका थिए ।

८२औं मिनेटमा रिचर्ड घेज्जालले गोल गर्दै लेस्टरलाई खेलमा फर्काए । तर त्यसको तीन मिनेटपछि नै न्यूपोर्टले पेनाल्टी पायो । पेनाल्टीलाई पाद्रेग अमोन्डले गोलमा परिणत गरेपछि लेस्टरको यात्रा तेस्रो चरणमै रोकिएको हो । न्यूपोर्ट भने एफए कपको चौथो चरणमा पुगेको छ ।

प्रिमियर लिगकै अर्को टिम फुलह्याम पनि चौथो डिभिजनको वल्डह्याम एथ्लेटिकसँग पराजित भएको छ । फुलह्याम आफ्नै मैदानमा २–१ ले पराजित भयो ।

डेनिस ओडोईले ५२औं मिनेटमा गोल गर्दै फुलह्यामलाई अग्रता दिलाएका थिए । तर साम सुरिजले ७६औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा पुर्‍याए । कलुम लाङले ८८औं मिनेटमा गोल गरेपछि फुलह्याम पराजित भयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया