यति एयरलाइन्सको विमान दुर्घटनाबाट जोगियो

 असार ३, २०७५ आइतबार १५:३८:१३ | उज्यालो सहकर्मी

कास्की – पोखरा विमानस्थलमा यति एयरलाईन्सको विमान दुर्घटनाबाट जोगिएको छ ।

चालक दलका सदस्य र यात्रुसहित ३० जना लिएर काठमाडांैबाट उडेको विमान अवतरणका क्रममा दिउँसो पौने ३ बजे धावनमार्गबाट चिप्लिएर घाँसे चउरमा पुगेपनि ठूलो दुर्घटना नभएको पोखरा विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

विमानमा रहेका ३० जना नै सकुशल रहेको पनि कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान र विमानको प्राविधिक जाँच पनि भइरहेको कार्यालयले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया