कोरियन वन बाहेक अरु विदेशी मुद्रा आइतबारकै भाउमा साट्न सकिने

 पुस २३, २०७५ सोमबार १०:४९:४१ | उज्यालो सहकर्मी

काठमाडौं – हप्ताको दोस्रो दिन आज सोमबार विदेशी मुद्राको भाउ घटबढ भएको छैन । मलेसियन रिंगिट र दिनार आइतबार कै भाउमा साट्न सकिने छ । 

नेपाल राष्ट्र बैंकले सोमबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६६ पैसा तथा बिक्रीदर २९ रुपैयाँ ८२ पैसा तोकेको छ । आइतबार पनि साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६६ पैसा तथा बिक्रीदर २९ रुपैयाँ ८२ पैसा नै थियो । 

सोमबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा तोकिएको छ । आइतबारको तुलनामा कतारी रियाल एक पैसा बढेको छ । आज युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ छ ।  

मलेसियन रिंगिट, कुवेती दिनार र बहराईन दिनारको मूल्य भने सोमबार घटबढ भएको छैन् । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ९० पैसा र बिक्रीदर २७ रुपैयाँ ०५ पैसा, कुवेती दिनार १ को खरिददर ३६६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ९३ पैसा तोकिएको छ ।

 बहराईन दिनार १ को खरिददर २९५ रुपैयाँ १२ पैसा र बिक्रीदर २९६ रुपैयाँ ७१ पैसा तोकिएको छ । त्यस्तै कोरियन वन एकसयको खरिददर ९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ ०२ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया