कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
कपिलवस्तु – प्रहरीले १० किलो २२ ग्राम लागूऔषध चरेससहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सिद्धार्थनगर थानाशोहरतगढग्राम चेतरा बस्ने २७ वर्षीय मुकेश चौरसिया रहेका छन् । पक्राउ परेका चौरसियाबाट ११ ग्राम ब्राउन सुगरसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
कृष्णनगरबाट गोरुसिंगेतर्फ आउँदै गरेको यूपी ५५ आर ७५२० नम्बरको मोटरसाइकलमा सवार चौरसियालाई पूर्व पश्चिम राजमार्गको बुद्धभूमि नगरपालिका–२ मा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।
पक्राउ गरिएका चौरसियाविरुद्ध लागू औषध ओसारपसार अन्तर्गत मुद्धा चलाइएको प्रहरी नायब उपरीक्षक रावलले बताउनुभयो ।