५१ औँ दिनमा सकियो ‘दाल भात तरकारी’को छायांकन

 पुस २३, २०७५ सोमबार १२:३३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

सुदन केसीको निर्देशन रहेको सिनेमा दाल भात तरकारीको छायांकन सकिएको छ । मंसिर १ गते देखि छायांकन सुरु  भएको यस सिनेमाको ५१ औँ दिनमा प्याकअप गरिएको हो । सिनेमाको छायांकन सकिएको भन्दै सिनेमाका निर्माता किरण केसीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।  

सिनेमाको छायांकन सकिएसँगै सिनेमाका प्रस्तुतकर्ता किरण केसीले सिनेमाका कलाकार, प्राविधिक,  प्रहरी, पत्रकारलगायत सिनेमाको छायाकंनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । 

महसञ्चारको ब्यानरमा निर्माण भएको यो सिनेमा २०७६ को वैशाख १३ गतेदेखि प्रदर्शनमा आउने छ । यस सिनेमालाई रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुंग, अनुराग मानसिंह कुँवर, शिशिर बांदेल, विल्सनविक्रम राई, दिपेन्द्र खनियाँ र सुमित मैनालीले निर्माण गरेका हुन् । 

सिनेमामा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, सन्दीप क्षेत्री, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर वांदेल, विल्सन विक्रम राई, सुरेन्द्र केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

–उज्यालाे र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया