रवि लामिछानेले भने :  अबदेखि व्यक्तिगत विषयमा कहिल्यै बोल्दिनँ, जवाफ पनि फर्काउँदिनँ

 पुस २३, २०७५ सोमबार १६:३५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सञ्चारकर्मी रवि लामिछानेले अबदेखि व्यक्तिगत विषयमा कहिल्यै नबोल्ने भन्दै पहिलेको पोस्ट पनि हटाएको उल्लेख गरेका छन् । 

आफूले कुनै अनैतिक वा गैरकानुनी काम गरेको भए कडाभन्दा कडा सजाय दिइयोस् भन्दै रविले आफूले पुरानो गल्ती स्वीकारेको बताएका छन् । 

सोमबार फेसबुकमा स्टाटस पोस्ट गर्दै रवि लेख्छन्, ‘मनगढन्ते बेनामी र शंकाका आधारमा खडा भएका पात्रहरुको खोजी म गर्दिनँ । म कुनै पुरानो सम्बन्धहरुमा अल्झिएको छैन न कसैलाई अल्झाएको छु । यतिबेला म कानुनी रुपमा सम्बन्ध विच्छेद भैसकेको जिम्मेवार एकल पुरुष हूँ ।’ 

विश्वको कुनै पनि अदालतमा आफूविरुद्ध आजसम्म कुनै पनि अभियोगमा कुनै किसिमको मुद्दा नभएको बताउँदै उनले आफूलाई कठिन समयमा साथ दिने सबैलाई धन्यवाद प्रकट गरेका छन् । केही समयदेखि रवि लामिछाने आफ्नाे डिभाेर्सका कारण चर्चामा रहेका छन् ।

पत्नीसँग डिभोर्सको खुलासा गर्दै रवि लामिछानेले भने : श्रीमान म जिउँदै छु

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया