रामबहादुर बमजनविरुद्ध अनुसन्धान प्रक्रिया अघि बढ्यो

 पुस २३, २०७५ सोमबार १७:४७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – तपस्वीका रुपमा चिनिँदै आएका रामबहादुर बमजनविरुद्ध अनुसन्धानको प्रक्रिया अघि बढेको छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरिक्षक मुकुन्द मरासिनीले शंकास्पद गतिविधि देखिएकाले बमजनविरुद्ध अनुसन्धान बढाइएको बताउनुभयो । प्रहरीले अहिले सिन्धुपाल्चोक बाँडेगाउमा रहेको आश्रमलाई निगरानीमा राखेको छ । त्यहाँ प्राविधिक व्यवस्थापन गर्नु पर्ने पनि देखिएको छ । 

सुक्ष्म रुपमा अध्ययन गर्नुपर्ने भएकाले अनुसन्धान केही लम्बिने प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले उज्यालोलाई जानकारी दिनुभयो । गएको शुक्रबार प्रहरीले बाँडेगाउँमा रहेको बमजनको आश्रममा छापा मारेको थियो । बमजनमाथि आफ्ना अनुयायीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ । उनी अहिले सिन्धुलीतिर रहेको अनुमान पनि गरिएको छ । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया