जबर्जस्ती चन्दा उठाउने विप्लव कार्यकर्ता पक्राउ

 पुस २३, २०७५ सोमबार १८:४२:२३ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – जबर्जस्ती चन्दा उठाएको आरोपमा प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाका एक जना स्थानीय नेतालाई पक्राउ गरेको छ ।

लुङ्ग्री गाउँपालिका–२, उपल्लो सिर्पका इलाका सेक्रेटरी ४२ वर्षका भुपेन्द्र खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । स्थानीय शिक्षकसँग जबर्जस्ती ५० हजार रुपैयाँ चन्दा लिएकोले पक्राउ गरिएको रोल्पा डीएसपी दिपक खड्काले जानकारी दिनुभयो ।

खड्कालाई इलाका प्रहरी कार्यालय सुलिचौर राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया