भोजपुरमा श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना जेल चलान

 पुस २३, २०७५ सोमबार १९:०:५४ | बुद्ध तामाङ
unn.prixa.net

प्रतिकात्मक तस्बिर

भोजपुर – श्रीमतीलाई जबरजस्ती करणी गर्ने एकजनालाई जिल्ला अदालत भोजपुरले ६ महिनाको कैद फैसला सुनाएको छ ।

जिल्ला अदालतले भोजपुर नगरपालिका वडा नम्बर–९ पानीट्याङकी बस्दै आएका हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ मकवानपुरका अजय भन्ने अनिल तामाङलाई अदालतले ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवानाकोे फैसला सुनाएकोे हो ।

जिल्ला अदालत भोजपुरका न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजालसले मुलुकी अपराध संहिता ऐन २०७४ को बमोजिम कैद र जरिवाना  सुनाएको हो । गएको असोज २४ गते इच्छा विपरीत करणी गरेको भन्दै श्रीमतीले प्रहरीमा उजुरी दिएपछि गएको असोज २५ गते तामाङलाई प्रहरीले पक्राउ गरेको थियो ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया