मैथिली भाषाको चलचित्र ‘प्रेमक बसात’ को ट्रेलर सार्वजनिक

 असार ३, २०७५ आइतबार १६:२८:३७ | उज्यालो सहकर्मी

काठमाडौं – मैथिली भाषाको सबैभन्दा महंगो चलचित्र प्रेमक बसातको म्युजिक तथा ट्रेलर सार्वजनिक गरिएको छ । 

भारतको मुम्बइमा विशेष कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा नेपालका चर्चित मोडल पियूष कर्णको मूख्य भूमिका रहेको छ भने सहकालाकारको रुपमा कोलकताकी चर्चित नायिका रैना बेनर्जीले अभिनय गरेकी छिन् ।

यस्तै राजिव झाको पनि चलचित्रमा अभिनय रहेको छ ।  

भारतका चर्चित गायक आदित्य नारायण र तोचि रैनाले मैथिली चलचित्रको गीतमा पहिलोपटक आवाज भरेका छन् । 

वेदान्त झाले निर्माण गरेको चलचित्रको रुपक सरारले निर्देशन गरेका हुन् । चलचित्र केही दिनपछि रिलिज हुने यसका निर्माता वेदान्त झाले बताए ।

नेपालका विभिन्न शहर सहित भारत, दुबई, कतार अष्ट्रेलिया लगायतका देशमा एकैसाथ रिजिल गर्ने तयारी भएको झाको भनाइ छ ।  

मैथिली भाषालाई विश्वव्यापी बनाउन यो चलचित्रले महत्वपूर्ण भूमिका खेल्ने झाले विश्वास व्यक्त गरे ।   


 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया