भोलिदेखि मौसम सफा हुने

 पुस २३, २०७५ सोमबार १९:४४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

सोमबार बिहान चन्द्रागिरिमा हिउँ परेपछि

काठमाडौं – देशका धेरै ठाउँमा हिमपात भएको छ । 

रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङ, रुकुम, बैतडी, तथाकाठमाडौंका चन्द्रागिरि, फुलचोकी, दामनलगायत ठाउँमा हिमपात भएको हो । हिमपातका कारण यी ठाउँको जनप्रभावित भएको छ । जुम्लामा अहिले आधा फिटसम्म हिउँ जमेको छ । हिमपात भएपछि यातायातसमेत प्रभावित भएको छ । 

जुम्लाको न्यूनतम तापक्रम माइनस २ दशमलब ४ डिग्री सेल्सियसमा झरेको छ । हिमपातका कारण हुम्लामा शनिबारदेखि हवाई सेवा ठप्प समस्या भएको स्थानीयबासीन्दाले बताएका छन् । अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली छ ।

तर भोलिदेखि मौसम सफा हुने अनुमान गरिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । पश्चिमी वायु नेपालबाट बाहिरिने सम्भावना रहेकाले भोलिदेखि घाम लाग्ने उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया