रेशम चौधरी तत्कालै संसद छिर्ने बाटो बन्द

 पुस २३, २०७५ सोमबार २०:१८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बिहीबार मात्रै सांसद पथको सपथ ग्रहण गरेका राष्ट्रिय जनता पार्टी(राजपा) का सांसद रेशमलाल चौधरी तत्काल रिहा नहुने भएका छन् । 

सोमबार सर्वोच्च अदालतले चौधरीलाई तल्लो अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशलाई सदर गरेपछि चौधरीको संसद प्रवेशको बाटो तत्कालका लागि बन्द भएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको इजलासले तल्लो अदालतको आदेशलाई सदर गरेको हो । 

सांसद चौधरीले जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशको खारेजीको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए । 

कैलालाी क्षेत्र नम्बर १ बाट राजपाबाट निर्वाचित चौधरीलाई टीकापुर घटनाको प्रमुख योजनकार भएको आरोप लाग्दै आएको छ । उनी अहिले पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा रहेका छन् । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया