१० वर्षदेखि कोमामा रहेकी महिलाले जन्माइन् बच्चा !

 पुस २४, २०७५ मंगलबार ७:२०:२३ | एजेन्सी
unn.prixa.net

अमेरिकाको एरिजोना राज्यमा एक अस्पतालमा कोमामा १० वर्षदेखि कोमामा रहेकी एक महिलाले बच्चा जन्माएकी छिन् । ती महिलामाथि यौन उत्पीडन भए नभएको बारेमा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।  

यी महिला त्यहाँको फिनिक्स क्षेत्रमा पर्ने हेसिन्डा हेल्थकेयरको एउटा क्लिनिकमा भर्ना भएकी थिइन् ।

अमेरिकी टिभी च्यानल सीबीएसका अनुसार उनले जन्म दिएका शिशुको अवस्था सामान्य छ । उक्त च्यानलका अनुसार त्यहाँका अन्य कर्मचारीलाई महिला गर्भवती भएको थाहा नभएको पनि बताइएको छ । यी महिलाको पहिचान गोप्य राखिएको छ ।

फिनिक्स प्रहरीले यो घटनामाथि अनुसन्धान भैरहेको बताएको छ । सीबीएसका अनुसार यी महिलाले २९ डिसेम्बरमा बच्चालाई जन्म दिएको बताएको छ । टीभी च्यानलको रिपोर्ट अनुसार अस्पतालका कर्मचारीहरुले पनि महिला गर्भवती भएको कुरा बच्चा जन्मिएको दिन मात्र थाहा पाएका हुन् ।

कोमामा रहेकी महिलाले बच्चा जन्माए पछि अस्पतालले अब बिरामी महिलालाई भेट्न कोही पुरुष जाँदा अस्पतालकै एक महिला स्टाफ पनि सँगै लैजानु पर्ने नियम बनाएको छ । 

–बीबीसी 
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया