लिभरपुल एफए कपबाट बाहिरियो

 पुस २४, २०७५ मंगलबार ७:३०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रिमियर लिग लिडर लिभरपुललाई दुई एक गोलअन्तरले हराउँदै उल्भरह्याम्प्टन इंग्लिस एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।

लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले १७ वर्षीय मिडफिल्डर कर्टिस जोन्स र १८ वर्षीय राफायल कामाचोसमेतलाई समावेश गरी नियमित टोलीका ९ खेलाडी परिवर्तन गरेका थिए ।

छैटौं मिनेटमा डेजान लोभरेन चोटग्रस्त बनेपछि १६ वर्षीय नेदरल्याण्ड्सका डिफेण्डर की जाना होभरलाई पनि डेब्यू गराइएको थियो । जुन क्लब इतिहासमै तेस्रो कम उमेरको डेब्यू हो ।

लिभरपुलको अनुभवहीन रक्षापंक्तिले ३८ मिनेटसम्म उल्भ्सलाई उसकै मैदानमा रोक्न सफल भयो । तर, मिडफिल्डर जेम्स मिल्नरको गल्ती सदुपयोग गरी राउल जेमिनेजले गोल गरी पहिलो हाफमा घरेलु टोलीलाई अग्रता दिलाए ।

दोस्रो हाफको छैटौं मिनेटमा पाहुना टोलीका लागि डिचभोक ओरिगीले बराबरी गोल फर्काएका थिए । लेन्डर डेन्कोन्करको पासमा गोलरक्षक जेन रुड्डीलाई बीट गरी उनले उत्कृष्ट गोल गरेका थिए ।

तर, ५५औं मिनेटमा रुविन नेभिसले उत्कृष्ट गोल गरे । उनले ३१ यार्ड टाढाबाट गरेको प्रहार लिभरपुलका गोल रक्षक सिमोन मिग्नोलेटले पत्तो पाउन सकेनन् ।

घरेलु टिमका लागि खतरनाक रहेको जदरान साकिरीको फ्रिकिक गोलरक्षक रुड्डीले रोके ।  लिभरपुलले त्यसयता डरलाग्दो आक्रमण बुन्न सकेन ।

एफए कपको पछिल्लो तीनमध्ये दुई सिजनमा लिभरपुल उल्भरह्याम्प्टनसँगै हारेर एफए कपबाट बाहिरिएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया