लागु औषधसहित चार युवती पक्राउ

 पुस २४, २०७५ मंगलबार ८:१४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – लागु औषधसहित रुपन्देहीमा चार युवती पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार स्याङ्जा वालिङकी २१ वर्षीया सुनिता खड्का, खोटाङ दिक्तेलकी २४ वर्षीया ममता राई, बुटवल २ की शलीला थापा र सुना कुँवरलाई पक्राउ गरिएको हो । उनीहरुलाई लागू औषध विक्री गर्ने नवलपरासीको रामग्रामका सुदीप केवट पनि पक्राउ परेका छन् ।

पक्राउ परेका युवतीहरु लागू पदार्थ सेवन र ओसारपसारमा संलग्न रहेको प्रहरीको जानकारी दिएको छ । साथै महिलाहरुलाई ओसारपसारमा लगाउँदा लुकाउन सजिलो हुने भएकाले उनीहरुलाई प्रयोग गरिएको हुन सक्ने इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी डिलबहादुर मल्लले बताउनुयभो ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया