प्राचीन तिलौराकोट दरबार क्षेत्रमा उत्खनन्

 पुस २४, २०७५ मंगलबार ८:२६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

कपिलवस्तु – गौतम बुद्धका पिता राजाशुद्धोधनको प्रशासनिक राजदबार क्षेत्र प्राचीन तिलौराकोटमा यस वर्षको उत्खनन् तथा अन्वेषण कार्य सुरु गरिएको छ । जापनिज फण्डस् इन ट्रष्ट फर युनेस्कोको आर्थिक सहयोगमा तिलौराकोट दरबार क्षेत्रमा यस वर्षको उत्खनन् गरिने सोमबार तिलौराकोटमा आयोजित एक कार्यक्रममा जानकारी गराइएको छ । 

यसैगरी तिलौराकोट दरबार क्षेत्रको पूर्वी गेट बाहिरको कन्थक स्तुपको उत्खनन् भने लुम्बिनीमा होटल सञ्चालन गर्दै आएका डा.कासाईको आर्थिक सहयोगमा सम्पन्न गरिने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेयले बताउनुभयो ।  

यस वर्ष तिलौराकोट दरबार क्षेत्रभित्र रहेको समयमाई मन्दिर किनार, मध्य संरचना परिसर, कन्थक स्तुप क्षेत्रको उत्खनन् गरिने पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले बताउनुभयो । अघिल्ला वर्षहरुमा गरिएको उत्तरी गेटको संरक्षणको काम पनि यस वर्ष गरिनेछ । प्रमुख पुरातत्व अधिकृत कुँवरले भन्नुभयो ‘तिलौराकोट दरबार क्षेत्रको वरपर अन्वेषण, नक्सांकन र भिजिटर सर्वेको काम पनि संचालन हुनेछ ।’

उत्खनन् र संरक्षणले मात्रै पर्यटन प्रवर्द्धन हुन सक्ने भन्दै यस क्षेत्रका सर्वसाधारणको आर्थिक क्रियाकलापलाई टेव ापुग्ने खालको योजनालाई पनि अघि बढाइने पुरातत्व विभागले जनाएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया