श्रीमतीसहित उत्तर कोरीयाली नेता किम जोङ उन चीन भ्रमणमा

 पुस २४, २०७५ मंगलबार ९:४६:५५ | एजेन्सी
unn.prixa.net

उत्तर कोरीयाली नेता किम जोङ उन चीन पुगेका छन् । राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा उनी चीन पुगेपनि भ्रमणबारे यसअघि केही बताइएको थिएन ।

श्रीमती रि सोल जुसहित चीन पुगेका नेता किम पर्सिसम्म चीनमा रहने चिनियाँ सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेता किमबीच दोस्रो शिखर सम्मेलनका लागि छलफल भइरहेको खबर सार्वजनिक भइरहेका बेला नेता कीम चीन पुग्नुभएको हो । नेता किम र राष्ट्रपति ट्रम्पबिच गएको जुन महिनामा सिंगापुरमा शिखर सम्मेलन भएको थियो । 

एक वर्षभन्दा कम समयमा किम चौथो पटक चीन पुगेका हुन् । किम रेलमा चढेर चीन गएको अनुमान गरिएका खबर सोमबार सार्वजनिक भएका थिए । व्यापार र अनुदानको मुख्य साझेदार रहेको चीनलाई उत्तर कोरीयाको कुटनीतिक मामिलाको सहयोगी पनि मानिन्छ । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया