उपकरण बिग्रेका कारण त्रिभुवन विमानस्थलको उडान र अवतरण प्रभावित

 पुस २४, २०७५ मंगलबार १०:५७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उपकरण बिग्रेका कारण त्रिभुवन विमानस्थलको उडान र अवतरण प्रभावित भएको छ । मंगलबार बिहान पौने ९ बजेदेखि आन्तरिक तथा बाह्य उडान र अवतरण हुन नसकेको हो ।

विमानस्थलको भीसीसीएस टावर बिग्रिएकाले उडान र अवतरण  हुन नसकेको विमानस्थलका प्रवक्ता प्रताप तिवारीले जानकारी दिनुभयो । बिग्रेका दुईवटा उपकरणमध्ये एउटा बनाइसकेको र केहीबेरमा अर्को पनि बनाइसकिने उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया