घाँटीमा गुट्खा अड्किएर एक जनाको ज्यान गयो

 पुस २४, २०७५ मंगलबार १५:१५:२५ | रासस
unn.prixa.net

मोरङ – मोरङको सुन्दर हरैंचा नगरपालिका–३, गछियामा गुट्खा खाँदा घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ । 

प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरले आज दिएको जानकारीअनुसार ३५ वर्षीय शर्मानन्द तिम्सिनाले सोमबार राति गुट्खा खाँदा घाँटीमा अड्किएपछि बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका धरानमा उपचारको क्रममा मृत्यु भएको छ ।

घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया